Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

जब पिज्जाले दिलायो विश्वविद्यालयमा भर्ना



तपाइँका लागि पिज्जाले के काम गर्न सक्ला । यसको एउटामात्र काम भनेको तपाइँको भोक मेटाउने त हो । वा कोही भोकाएका मानिसहरुलाई दिने वा बेचेर पैसा कमाउने ।
तर अमेरिकामा भने पिज्जाले एकजना किशोरीलाई त्यहाँको प्रतिष्ठित विश्वविद्यालयमा भर्ना गराइदिएको छ ।
मानिसहरु राम्रो कलेज वा विश्वविद्यालयमा पढ्नका लागि के मात्र गर्दैनन् ? घण्टौँ लेखपढ, भनसुन तथा मेहेनत र पुजाआजा समेत । तर क्यारोलिना विलियम्स नामकी किशोरीलाई चाहीँ आफ्नो मनपर्ने खानेकुरा पिज्जाको बारेमा दिल खोलेर लेखेको एउटा निबन्धले याले विश्वविद्यालयमा भर्नाको बाटो खोलिदियो ।पिज्जाकै कारण एकजना हाइस्कुलकी छात्राले विश्वकै अब्बल विश्वविद्यालयमध्येको एक याले विश्वविद्यालयमा भर्ना पाएकी छिन् ।
आफ्नो त्यो अविश्वसनीय सफलताको खुलासा उनले ट्विटरमार्फत गरेकी छिन् ।
यालेमा भर्ना हुन गाह्रो छैन । भर्ना हुन चाहने विद्यार्थीहरुले सुरुमा आफुलाई मनपर्ने चिजको बारेमा गज्जब लेख्नुपर्दछ ।
क्यारोलिनालाई के चाहियो ? उनले आफुलाई सबैभन्दा मनपर्ने चिज पिज्जाको बारेमा गज्जबको निवन्ध लेखिन् । उनको निबन्ध उत्कृष्ट ठहरियो र उनलाई याले विश्वविद्यालयले भर्नाका लागि छनोट गर्यो । यद्यपि उनी त्यसबीचमा अलाबामाको अर्बन युनिभर्सिटीमा चयन भएर सोही विश्वविद्यालयमा पढ्ने निधो गरिसकेकी थिइन् ।
तर पिज्जाले आफुलाई दिलाएको सफलता चाहीँ उनका लागि निकै गौरवको कुरा बन्यो । उता पिज्जाको बारेमा लेखेको निबन्धले चर्चा पाएपछि क्यारोलिनालाई एक पिज्जा आउटलेटले एउटा पिज्जा निशुल्क उपलब्ध गरायो ।
एजेन्सी

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget