Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

देवानगञ्ज गाँउपालिकाको बजेट सार्वजनिक

विराटनगर, असोज ८ 
सुनसरी स्थीत देवानगञ्ज गाउँपालिकाले बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सो गाउँपालिकाको परिषदले पारित गरेको निति कार्यक्रम तथा बजेट अध्यक्ष लालि प्रसाद मेहताले एक कार्यक्रमका विच सार्वजनिक गर्नुभएको हो । 

उहाँले चालु आर्थिक वर्ष ०७४÷०७५ का लागि २७ करोड ६८ हजार ३७ हजार अनुमानित आय पेस गर्नु भएको छ । जस अन्तर्गत गाउँपालिकाको आन्तरिक आम्दानि तर्फ ६२ लाख १७ हजार,  वित्तिय समानिकरण अन’दान १८ करोड ५९ लाख, ससर्त अनुदान ७ करोड ९१ लाख, कार्यालय सञ्चालन अनुदान ५५ लख ५६ हजार अनुमानित आय उल्लेख गरिएको छ ।  

सो गाउँपालिका अध्यक्ष मेहताले अतिरिक्त आन्तरिक आयमा सम्पत्तिकर १ लाख ५० हजार, मालपोत कर १४ लाख घरवहालकर १ लाख ५०, हजार व्यवसयीक कर ३ लाख ५० हजार, जडिबुटी कवाडी र जिवजन्तुकर २० हजार, सवारी साधन कर २० हजार, विज्ञापन कर ५० हजार, मनोरञ्जन कर १ हजार, बहाल विटोरि कर ५० हजार, पार्किङ शुल्क १० हजार, सेवा शुल्क तथा दस्तुर ३३ लाख र पर्यटन शुल्क १ हजार प्राप्त हुने अनुमानित आय पेश गर्नुभयो । 

त्यस्तै चालु आर्थिक वर्षमा कुल वित्तिय समानिकरण अनुदान मध्ये चालु खर्च तर्फ ४ करोड ६३ लाख ३४ हजार, योजनागत पुजिगत खर्चतर्फ १३ करोड ३४ लाख २९ हजार, अर्थात लक्षित बर्ग कार्यक्रम तर्फ १ करोड ८९ ला ६१ ह्जार र ७ करोड ९१ लख १२ हजार ससर्त अनुदान तर्फको खर्च रहेको छ । 

योजनागत, पुजिगत तर्फ पुर्वाधार विकास तर्फ ७ करोड २१ लख ७८ हजार, आर्थिक सामाजिक विकास तर्फ ९० लाख ७ हजार, कृषि विकास तथा पशु विकास तर्फ १ करोड २३ लाख, सेवा प्रवाह सुसासन अभिबृद्धि तथा कार्यालय व्यवस्थापन तर्फ १ करोड ५४ लाख ५० हजार, विद्युत खानेपानि सिचाइ तर्फ ६९ लाख ५० हजार, वन वातावरण नदि नियन्त्रण विपद व्यवस्थापन तथा अन्य पुजिगत कार्यका लागि १ करोड ७४ लाख ८८ हजार बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष लालि प्रसाद मेहताले बताउनुभयो । 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget