Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

अनुुदानका १३ वटा विकास योजना छनोट

Image result for सौर्य ऊर्जाबाट सिँचाइ

पथरी मोरङ, २४ माघ । सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत मोरङ जिल्लामा पँुजीगत अनुुदानअन्तर्गत १३ वटा योजना छनोट भएका छन् । जिल्ला विकास समिति, मोरङका अनुसार विराटनगर उपमहानगरपालिकाको दुुईवटा वडा, रङ्गेली नगरपालिकामा एउटा र बाँकी १० वटा गाविसमा एक–एकवटा योजना छनोट गरिएको हो । जिविस मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मीका अनुसार योजनाहरु गाउँ परिषद्, नागरिक वडा मञ्च तथा जिविस समितिले गाउँगाउँमा अनुुगमन गरी योजना छनोट गरिएको हो । जिविसका इन्जिनियर घनश्याम दाहालका अनुसार योजनाहरु महादेवा, झुुर्किया, वर्डगा, डायनिया, सोराभाग, बुुधनगर, मझारे गाविस तथा विराटनगर उपमहानगरपालिका र रङ्गेली नगरपालिकाका केही वडामा सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत योजना छनोट भएका हुुन् । कार्यक्रमअन्तर्गत महत्वपूर्ण सडकमा कालोपत्रे गर्ने, पुुल पुुलेसो तथा कलभर्ट निर्माणदेखि सिँचाइका लागि सौर्य ऊर्जाबाट सिँचाइ सञ्चालनमा ल्याइने योजना छनोट भएका छन् । स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले जनतालाई बढी लाभ हुुनेखालका र सबैले देख्नेखालका महत्वपूर्ण योजना छनोट गरेर काम गर्ने बताउनुभयो । उहाँले चाँडै काम सम्पन्न भए थप बजेटका लागि आफूले पहल गर्नेसमेत बताउनुुभयो ।
 रासस 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget