नागरिक मिडिया प्रा।लि द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–७, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरीक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं । हामी यस रेडियोबाट सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरूको प्रसारण गर्दै यसलाई यहाहरूको व्यावसाय प्रवद्र्धनकालागि सूचना सम्प्रेषण गर्ने माध्यमको रूपमा पनि एक अवसर मानेका छौं । यसर्थ, हाम्रो प्रसारणको व्यवसायिक सुनिश्चितता र यहाहरूको वर–व्यवसाय, शिक्षा एवं उत्पादन व्यापारको विकासका लागि विज्ञापन सेवामा सहुलियतका साथ सेवा पुर्याउनचाहन्छौं ।

[/content][/2column]
Post a Comment