Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

‘मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुँदैन’

Related image
काठमाडौँ, २४ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आधा जनसङ्ख्या बसोबास गर्ने मधेसलाई विश्वास नगरी राष्ट्रियता बलियो हुन नसक्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियन ९सङ्घ० को विधान अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले प्रमुख प्रतिपक्षी दल मधेस र पहाडका नाममा विभाजनको राजनीति गर्ने खेलमा लागेको आरोप लगाउनुभयो ।

“५ नम्बर प्रदेशको संशोधनका लागि संसद्मा दर्ता गरिएको प्रस्तावमा यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर छ तर अहिले राष्ट्रियताका नाममा विरोध गरी विभाजनको राजनीति गर्न खोजिएको छ”– पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो ।

कर्मचारीलाई स्वतन्त्र रुपमा जनताको काम गर्ने वातावरण सबै दलले बनाइदिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयन नभए मुलुक अन्योलतिर धकेलिने भएकाले कार्यान्वयनका लागि सबै दल एक जुट हुनुपर्ने विचार राख्नुभयो । “काँग्रेसले बोकेको विचार नेपालको भविष्य बनाउने मार्गचित्र भएकाले कसैले आक्रमण गर्दैमा दल कमजोर हुँदैन, दल बिपीको पदचिह्नमा हिँडेको छ”– उहाँले भन्नुभयो ।

नेपाल तरुण दलका नवनिर्वाचित अध्यक्ष जितजङ्ग बस्नेतले भ्रष्टाचार, गुन्डागर्दी र चन्दा आतङ्कका विरुद्ध सङ्गठनले देशव्यापी अभियान चलाउने जानकारी गराउनुभयो ।

कार्यक्रममा युनियनका अध्यक्ष सुबोधकुमार देवकोटा, महासचिव जितबहादुर मडै, पूर्वअध्यक्ष भानुभक्त ढकाल र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले संविधानको प्रदेशस्तरीय संरचनाअनुरुप विधान पारित गरिनुपर्नेमा जोड दिनुभयो ।

युनियनका १२७ सदस्यीय कार्यसमिति एवम् केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी ४५० प्रतिनिधिले दुईदिने अधिवेशनमार्फत विधान पारित गर्ने कार्यक्रम छ । रासस 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget