Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

झाडापखालाबाट एकको मृत्यु

Image result for झाडापखालाका कारण एक बालकको मृत्यु

लहान, २४ कात्तिक । सिरहाको औरही गाविसमा फैलिएको झाडापखालाका कारण एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही–३ का सात वर्षीय वर्जुन यादव रहेका छन् । केही दिनदेखि फैलिएको झाडापखालाका कारण ३६ जना भन्दा बढी बिरामी परेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य निरीक्षक मो इद्रीस राइनले बताउनुभयो । झाडापखालाका कारण स्थानीयबासिन्दा धमाधम बिरामी पर्न थालेपछि प्राथमिक स्वास्थ्य केन्द्र औरहीले २४ घन्टे निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मङ्गलबारदेखि सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा झाडापखालाबाट सिकिस्त बिन्दीलाल यादव, रिङ्क राम, मो चान्द, रघुवीर दास, रमेश यादव, रतनादेवी यादव, विवेकानन्द कामत, शोभा राम, शुलेखा यादवलगायत ३२ जना उपचारका लागि आएको उपचारमा संलग्न सिनियर अहेव उपेन्द्र यादवले जानकारी दिनुभयो । गाउँमा झाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको दाबी स्थानीयबासिन्दाको छ । झाडापखालाबाट बिरामी पर्न थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक औषधिसहित चिकित्सक टोली औरहीमा पठाइएको जनाएको छ । झाडापखाला फैलिएको क्षेत्रमा चिकित्सकको टोली पुगेर बिरामीको उपचार गरिरहेका छन्, जनस्वास्थ्य प्रमुख डा दयाशङ्करलाल कर्णले भन्नुभयो – स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी महाशाखाको टोली आएर बिरामीको दिसा र खानेपानी ट्युबेलको पानी नमुना सङ्कलन गरेर लगेको छ ।
इपिडिमियोलोजी महाशाखाले लगेको दिसाको नमुनामा कोलेराको जीवाणु फेला नपरेको र पानीको जाँच हुन बाँकी रहेको जानकारी आएको प्रमुख डा कर्णले जानकारी दिनुभयो । पानीको नमुना परीक्षण भएपछि मात्रै झाडापखालाको कारण पत्ता लाग्न सक्ने उहाँको भनाइ छ ।
आइतबारदेखि हालसम्ममा औरहीलगायत विभिन्न गाउँका ४३ जना झाडापखालाका बिरामीको उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । झाडापखलाका कारण गत आइतबार इटारी प्रसाही–२ का राजेन्द्र भण्डारीका चार वर्षीया छोरी गायत्रीको पनि मृत्यु भएको जनस्वास्थ्य निरीक्षक राइनले जानकारी दिनुभयो । रासस 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget