Halloween Costume ideas 2015

संविधान संशोधनमा तीन दल सहमति नजिक

Image result for संविधान संशोधनमा तीन दल सहमति नजिक

संविधानका केही बुँदा संशोधन गर्ने विषयमा प्रमुख तीन दल सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच संविधान संशोधनका विषयमा सकारात्मक छलफल हुनाका साथै उक्त प्रस्ताव छिट्टै व्यवस्थापिका–संसद्मा दर्ता गर्ने सहमति बनेकोे छ ।
तीनै शीर्ष नेता संविधानलाई कार्यान्वयनमा लैजान संविधान निर्माण गर्दाका बेलामा जस्तै सहमतिका साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो ।
संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको महसुस तीनै शीर्ष नेताले गरेकोे र उहाँहरुबीच संशोधनका विषयमा सकारात्मक छलफल भएको उहाँले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानमा संशोधन गर्न खोजिएका विषयहरु प्रस्तुत गर्नुभएको थियो । शीर्ष नेताहरुबी प्रदेशको सीमाङ्कन, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वलगायतका विषयमा गम्भीर र सकारात्मक छलफल भएको नेता पुनले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र माओवादी केन्द्रका नेता पुन सहभागी हुनुहुन्थ्यो ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget