Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

भारतीय 500,1000 रुपैया काे नाेट बंद भारतीय पीएम माेदीकाे उदघाेष

Image result for 500,1000 ka ic rsImage result for 500 ka ic rs

काठमाडौं – भारतले ५०० र १००० रुपैयाँमाथि आज रातीदेखि प्रतिबन्ध लगाएको छ । जाली नोटको कारोवार रोक्न भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घोषणा गरेका हुन् । मोदीले आज साँझ देशवासीका नाममा विशेष सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।
यसको असर, नेपालको अर्थतन्त्रमा पनि पर्नेछ । मुलत तराई क्षेत्रमा यस्ता नोटको प्रयोग हुँदै आएको थियो । कैयौ नेपाली भारतमा काम गरेर बसेका छन् । उनीहरु पनि यो निर्णयबाट प्रभावित हुनेछन् ।
आज राती अर्थात ८ नोभेम्वर राती १२ बजेबाट पाँच सय र एक हजारको नोटको कानुनी मान्यता हुनेछैन् ।
चरमपन्थी समूहसँग रहेको पैसा र भ्रष्टाचार गरेर लुकाइएको ठूलो धनराशीलाई स्वत हटाउन मोदीले यस्तो कदम चालेका हुन् । बाबा रामदेवले भ्रष्टाचार रोक्न पाँच सय र एक हजार रुपैयाँमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले भ्रष्टाचार रोक्न यो कदममा जनताको साथ रहने अपेक्षा गरेका छन् । मोदीले यसलाई भ्रष्टाचार विरुद्ध लडाईमा ठूलो कदम भनेका छन् ।
भारत सरकारले ५० दिनभित्र पाँच सय र एक हजार रुपैयाँका नोट आफ्नो परिचय पत्रसहित वैंकमा जम्मा गर्न आग्रह गरेको छ । १० नोभेम्वरदेखि ३० डिसेम्वरसम्म आफुसँग भएको पैसा जम्मा गर्न भार सरकारले आग्रह गरेको छ ।
९ र १० नोभेम्वरमा भारतमा एटीएमले काम गर्ने छैनन् । ९ नोभेम्वरमा सवै वैंक बन्द हुनेछन् । एटीएमबाट पनि पैसाको सीमा तोकिएको छ । प्रधानमन्त्री मोदीले यस्तो निर्णयले असुविधा भएपनि भ्रष्टाचार रोक्न सकिने बताएका छन् । 
भारतमा कालोधनका रुपमा ५ सय र एक हजार रुपैयाँको नोट लुकाएर राख्ने ठूलो समस्या छ ।
भारतमा चुनावमा पाँच सय र एक हजार रुपैयाँको नोट प्रयोग हुने गरेको थियो, त्यसका कालोधन धेरै हुने गरेको त्यहाँको निर्वाचन आयोगका भनाई थियो । त्यसबाहेक पाकिस्तानबाट नक्कली नोट आउने कुरा भारतका लागि चिन्ताका विषय बनाएको थियो ।
पाँच सय र एक हजार रुपैयाँमात्र प्रयोग ल्याउँदा भारतको अहिलेको वित्तिय संरचनाले थेग्छ वा थेक्गदैन भन्ने प्रश्न पनि उठेको छ । भारतीय मिडियाले मोदीको यो कदमलाई आर्थिक क्षेत्रमा सर्जिकल स्टाइक भनेका छन् ।
संकटकालमा जस्तो मोदी सरकारले यस्तो कदम चालेको विपक्षी काँग्रेसले आरोप लगाएको छ । मोदीको निर्णयको दुरगामी असर के हुन्छ ? भारतमा ठूलो बहस शुरु भएको छ ।
नेपाल भारत सीमा क्षेत्रमा पनि यसको ठूलो असर देखिनेछ । यसबाहेक उपचार, अध्ययन र घुम्नका लागि भारत जाने नेपालीहरु पनि मोदी सरकारको निर्णयबाट प्रभावित हुनेछन् । तराईं क्षेत्रमा नेपाली नोटका तुलनामा भारु नोट बढी प्रयोग हुने गरेको थियो ।
भारतले बेला बेलामा नेपालको बाटो भएर पाकिस्तानी चरमपन्थीले नक्कली नोट भारत पुर्राउने गरेको आरोप लगाउने गरेको थियो ।
नेपालमा पनि यी दरका नोटहरु अधिका‍ंशसँग हुनसक्छ। यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारे नेपाल राष्ट्र बैँकले निर्णय गर्न बाँकी छ। नेपाल राष्ट्र बैंकले यसअघि भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोटहरुमा लगाउँदै आएको १४ वर्षदेखिको बन्देज गत वर्षको फेब्रुअरीदेखि हटाएको थियो।
त्यतिबेला राष्ट्र बैंकले नेपाली र भारतीय नागरिकले भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोटहरु प्रति व्यक्ति २५ हजार (भारु) सम्म नेपाल भित्राउन र लैजान पाउने व्यवस्था गरेको थियो।
साना नोट चेकबाट साट्न र एटीएमबाट निकाल्ने वित्तिय संस्थाहरुलाई समस्या पर्न सक्ने देखिएको छ ।
भारतीय रिजर्व वैंकले मोदीको सम्बोधन लगत्तै पत्रकार सम्मेलन गरेको छ । जसमा, पाँच सय र एक हजारका नोटमाथि प्रतिबन्ध लगाएको छ । आतंकवादका लागि ठूलो नोट प्रयोग हुने गरेको वैंकको भनाई छ । वैंकले चाडै नै नयाँ नोट आउने बताएको छ ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget