Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

सदभावनाका संस्थापक महासचिव माओवादीबाट राजविराजको मेयर उम्मेदवार


२० भदौ, सप्तरी । सप्तरीमा नेकपा माओवादी केन्द्रले तेस्रो चरणको स्थानीय तह चुनावका लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ ।


जिल्लाका १८ वटै स्थानीय तहमा माओवादीले प्रमुख र उपप्रमुख पदका उम्मेदबार छनौट गरेको सांसद एवं पार्टीका जिल्ला इन्चार्ज अशोक मण्डलले जानकारी दिए ।

उनका अनुसार सदरमुकाम राजविराजको मेयर पदमा नव प्रवेशी अनिस अन्सारीलाई उम्मेदबार बनाउने निर्णय भएको छ । सद्भावना पार्टीका संस्थापक महासचिव अन्सारी केही दिन अगाडि मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

पार्टीले हनुमाननगर कंकालिनी नगरपालिकामा राहुल मण्डल, डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा कर्मलाल यादव, बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा इब्राहिम मन्सुरी, तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुखमा मुनीलाल मुखिया, खडग नगरपालिकाको प्रमुखमा जयप्रकाश चौधरी, कंचनरुप नगरपालिकाको प्रमुखमा बन्सी चौधरीलाई उम्मेदबार बनाउने भएको छ ।

कृष्णासावरण गाउँपालिकामा बेचन चौधरी, छिन्नमस्ता गाउँपालिकामा जयप्रकाश यादव, तिरहुत गाउँपालिकामा दिनेश यादव, रुपनी गाउँपालिकामा मुस्तकिम राइन, सप्तकोशी नगरपालिकामा दिनक राई र महदेवा गाउँपालिकाको प्रमुखमा तारणी तिबारीलाई उम्मेदबार बनाउने निर्णय नेकपा माओवादी केन्द्रले गरेको छ ।

यस्तै बलान बिहुल गाउँपालिकामा छत्रनारायण यादव, सुरुंगा नगरपालिकामा हरीनारायण चौधरी र बोदे बर्साइन नगरपालिकामा दिलिप यादव प्रमुखको उम्मेदबार बनेका छन् ।

कांग्रेस, एमाले, संघीय समाजवादी फोरम नेपालले यसअघि नै उम्मेदबार छनौट गरिसकेको छ ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget