Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

उपप्रधानमन्त्री महरा आज चीन जाँदै



२१ भदौ, काठमाडौं । सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा बुधबार चीन भ्रमणमा जाने भएका छन् । चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा महरा ६ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ जान लागेका हुन् ।


नयाँ संविधान घोषणापछि चीन भ्रमणमा जाने महरा दोस्रो परराष्ट्रमन्त्री हुन् । यसअघि केपी ओली नेतृत्व सरकारका तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनको ६ दिने औपचारिक भ्रमण गरेका थिए ।

परराष्ट्र मन्त्रालयले द्विपक्षीय हित प्रवद्र्धनका लागि महरा चीन भ्रमणमा जान लागेको जनाएको छ ।

महरासँगै उनको टोलीमा परराष्ट्रका सहसचिव गणेश ढकाल, मन्त्रालयका उपसचिव कुमार राई, महराका प्रेस तथा जनसम्पर्क सल्लाहकार हरि लामिछाने सहभागी हुने छन् । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, राजनीतिक काउन्सिलर हरिश्चन्द्र घिमिरे, उपनियोग प्रमुख सुशीलकुमार लम्साल चीनमै रहेकाले उनीहरु उतैबाट भ्रमण टोलीमा मिसिने छन् ।

महराले आफ्नो ६ दिने औपचारिक भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् । चीनले उच्चस्तरीय राजनीतिक भेटघाट गोप्य राख्ने भएकाले यसबारे अझै जानकारी प्राप्त नभएको हो । स्रोतका अनुसार, महराले चीनका प्रधानमन्त्री ली खछियाङसँग भेटवार्ता गर्ने सम्भावना छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, महराको भ्रमणमा ओवीओआर, रेल्वे कनेक्टीभीटीलगायत विषयमा छलफल हुनेछ । महराले भ्रमणका क्रममा नेपाल–चीन सीमामा रहेका सीमा नाका खोल्नेलगायत विषय समेत उठाउने तयारी गरेका छन् ।

महराले गोन्जाओमा स्थापना भएको महावाणिज्य दूतावास कार्यालयको औपचारिक उदघाटन गर्ने कार्यक्रमसमेत तय भएको छ । चीनको गोन्जाओमा ६ महिनाअघि दोस्रो महावाणिज्य दूतावास स्थापना भएको थियो । चीनको स्वशाषित क्षेत्र ल्हासामा यसअघि महावाणिज्य दूतावास स्थापना भएको थियो ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget