Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

किन आउँछ पटक-पटक पिसाब ? यस्तो छ कारण


कहिले कहिं पटक-पटक पिसाब लाग्छ । यसको एउटा मात्र कारण हुँदैन । सामान्यतः धेरै पानी वा तरल पदार्थ पिएको बेला पिसाब लाग्छ, जो स्वभाविक हो । त्यस्तै कहिले मानसिक कारणले समेत पिसाब लागेको अनुभव हुन्छ । गर्भावस्थामा वा बुढ्यौलीमा पनि धेरै पटक पिसाब लाग्छ, जसलाई सामान्य मानिन्छ ।
तर, सामान्य अवस्थामा पटक-पटक पिसाब लाग्छ भने, त्यसले शारीरिक समस्याको संकेत गर्छ । के भनिन्छ भने, पिसाब कति पटक फेरिन्छ भन्ने कुराले समेत हामी कति स्वस्थ्य वा अस्वस्थ्य छौ भन्ने कुराको निक्र्यौल गर्छ ।

हाम्रो जीवनशैली वा स्वास्थ्य खराब भएमा पटक-पटक पिसाब लाग्न सक्छ ।
दिनमा कति पटक पिसाब आउनु पर्छ ?
एक दिनमा कति पटक पिसाब फेरिन्छ ? त्यसले हाम्रो स्वस्थ्यबारे बताउँछ । सामान्यत एक दिनमा चारदेखि १० पटकसम्म पिसाब लाग्नु सामान्य हो । औसात व्यक्तिको मुत्राशयमा जति पिसाब जम्मा हुन्छ, त्यसलाई तीनदेखि पाँच घण्टासम्म अवधी रोक्न सकिन्छ ।
कुन अवस्थामा खतरानाक ?
यदि पिसाब गरेको समयमा जलन वा दुखाई महसुष हुन्छ भने यो चिन्ताको विषय हो । यदि सामान्य अवस्थामा पनि पटक-पटक पिसाब लाग्छ भने, त्यो समस्या हो । यसरी पटक-पटक पिसाब लाग्नु गंभिर समस्या पनि हुनसक्छ ।
राती कति पटक पिसाब आउनु उचित ?
खासगरी रातको समयमा पटक-पटक पिसाब लाग्छ भने त्यसलालाई गंभिरतापूर्वक लिनैपर्छ । राती निन्द्रा बिथोल्नेगरी पिसाब आइरहनुले विभिन्न समस्याको संकेत गर्छ । राती एक वा दुई पटकसम्म पिसाब फेर्न उठ्नु सामान्य हो । यद्यपी पटक-पटक पिसाब लाग्छ भने त्यसको उपचार खोज्नैपर्छ । यद्यपी बुढ्यौली उमेरमा छिटो छिटो पिसाब लाग्नु सामान्य हो ।
कुन अवस्थामा चिकित्सककहाँ जानुपर्छ ?
पिसाब गर्ने समयमा अचानक परिवर्तन भयो भने चिकित्सकको परामर्श आवश्यक हुन्छ । कहिले कहिं अधिक तरल पदार्थ सेवनले पनि पिसाब लाग्न सक्छ । तर, पटक पटक त्यो क्रम दोहोरिएमा चिकित्सकलाई भेट्नैपर्छ ।
के हुनसक्छ ?
पटक पटक पिसाब आउनुको कारण मुत्रनली वा मुत्राशयको संक्रमण हुनसक्छ । त्यस्तै मृगौलाको कार्यक्षमता कमजोर भएको अवस्थामा पनि पिसाब रोकिदैन, पटक पटक आइरहन्छ ।
१. मुत्राशयउको अत्याधिक सक्रियताको कारण पटक पटक पिसाब लाग्छ ।
२. मधुमेहको कारण पनि पटक पटक पिसाब लाग्छ । रगतमा वा शरीरमा शुगरको मात्रा बढेपछि यस्तो समस्या आउन सक्छ ।
३. यदि यूरीनल ट्रैक्ट इन्फेक्सन छ भने यस्तो समस्या झेल्नुपर्छ ।
४. प्रोस्टेट ग्रन्थी बढेमा पनि पटक पटक पिसाब आउने समस्या हुन्छ ।
५. मृगौलामा संक्रमण भएमा धेरै पटक पिसाब आउँछ ।
के छ उपचार विधी ?
जटिल अवस्थामा चिकित्सकको परामर्श लिनैपर्छ । यद्यपी यी समस्याको निदान घरेलु विधीबाट पनि खोज्न सकिन्छ ।
१. पर्याप्त पानी पिउनुपर्छ, जसले संक्रमण छ भने पिसाबको माध्यामबाट हटाउन सकिन्छ ।
२. दही, पालक, तिल, अलसी, मेथीको सब्जी दिनहुँ प्रयोग गरौ ।
३. सुख्खा अमला पिसेर चूर्ण बनाउने । त्यसमा सख्खर मिसाएर सेवन गर्नुपर्छ । भिटामिन सिले भरपुर खानेकुरा सेवन गर्नुपर्छ ।
४. अनारको बोक्रा सुकाउने र त्यसलाई पिसेर चुर्ण बनाउने । बिहान बेलुका यो चुर्ण पानीसँग सेवन गरौ ।
५. अंगुरको जुस, गाजर, अंकुरित गेडागुडी पनि फाइदाजनक हुनसक्छ ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget