Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

दोस्रो चरणमा हुन नसक्ने स्थानमा तेस्रो चरणमा निर्वाचन हुने : उपप्रधान मन्त्री गच्छदार ।

उप प्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारले दोस्रो चरणको निर्वाचन असार १४ गते नै सम्पन गराउन सरकार लागेको बताउनुभएको छ । उहाँले संविधान सशोधन दोस्रो चरणको निर्वाचन असार १४ गते भन्दा पहिले हुन नसकिने भएकाले सरकारले हुन सकिने जिल्लामा तोकिएकै समयमा दोस्रो चरणको निर्वाचन सम्पन गर्न लागेको बताउनुभयो ।  




विराटनगर विमानस्थलमा बुधवार पत्रकारहरुसंगको भेटघाटमा नेपाल लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष समेत रहनुभएको गच्छदारले यस्तो बताउनुभएको हो । उहाँले  स्थानीय तहको चुनाव दोस्रो चरणमा हुन नसक्ने जिल्लामा तेस्रो चरणमा निर्वाचन गराउने जानकारी दिनुभयो । उहाले संबिधान कार्यान्वयनको लागि माघ ७ गते भित्रै   तीन वटै तहको चुनाव सम्पन गर्नुपरेकाले  सरकारले जसरी पनि दोस्रो चरणमा निर्वाचन  असार १४ गते नै सम्पन्न गराउन सरकार लागेको जानकारी दिनुभयो । 

उहाँले हुन सकिने जिल्लामा तेस्रो चरणमा कार्तिक महिनामा निर्वाचन सम्पन हुने जिकिर गर्नुभयो  ।  राष्ट्रिय जनता पार्टी निर्वाचनमा  सहभागी हुने ग्यारेन्टी भए सार्थक निर्वााचनको लागि ११ वटा जिल्लामा तेस्रो चरणमा चुनाव गराउन सकिने  बताउदै उहाँले बाकी ‘३२ वटा जिल्लामा दोस्रो चरणमा असार १४ गते निर्वाचन  हुने बताउनुभयो ।छ । जबरजस्ति पेलेर निर्वाचन  गराउने खोजे मुलुकमा द्वन्द्व बढ्ने भएकाले राजपालाई विश्वासमा लियाएर तेस्रो चरणको निर्वाचन गराउन सरकार प्रयारक्त रहेको जानकारीदिनुभयो । 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget