Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

विराटनगर महानगरका लागि भिम पराजुलीको उम्मेद्वारी

विराटनगरका जुनसुकै क्याम्पसमा किन नहोस्, विद्यार्थीलाई राजनीति सम्बन्धी कुरा गरेर विराटनगरमा कुन नेतालाई चिन्छौ भन्यो भने सबै विद्यार्थीको मुखबाट भिम पराजुलीको नाम निस्कन्छ । त्यी नै नेपाली कांग्रेसका युवा नेता भिम पराजुलीले विराटनगर महानगरपालिकाको मेयरमा उम्मेद्वारी पाएका छन् । युवा नेता भिम पराजुलिले उम्मेद्वारी पाएसगैँ  विराटनगरका युवाहरुमा उत्साह छाएकाे छ । 


कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले विराटनगर नगर समितिका सभापति पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । विराटनगर महानगरमा पराजुलीसहित सांसद अमृत अर्याल र नेतृ डिला संग्रौला दाबेदार थिए । एमालेले यसअघि नै विनोद ढकाललाई महानगरको मेयर उम्मेदवार बनाएको छ ।



पराजुली विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका पूर्वस्ववियु सभापति हुन् । विराटनगरमा संस्थापन समूह अर्यालको पक्षमा थियो भने शेखर कोइरालालगायतका कोइराला परिवारका नेताहरु पराजुलीको लविङमा थिए ।

कांग्रेसले विराटनगरसँगै तीन वटा प्रदेशको उम्मेदवारको टुंगो लगाएको छ । दुई नम्बर प्रदेशमा भने चुनाव हुनेरनहुने अन्यौल कायमै रहेकाले बिहीबार बिहान ९ बजे बस्ने बैठकबाट छलफल हुनेछ ।


दोस्रो चरणको असार १४ गते हुने चुनावका लागि असार २ गते मनोनयन हुने कार्यक्रम छ । 


Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget