Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

एमाले ले गर्ने आमसभा को पूर्वसन्ध्यामा मधेशवादी द्धारा एमाले विदाई कार्यक्रम

Image may contain: 7 people, people standing and outdoorImage may contain: 3 people, outdoor

हरिनगरा, २४ पुस । नेकपा एमालेले सुनसरीको दक्षिणी गाविस हरिनगरामा भोली गर्ने आमसभा र शक्ति प्रर्दशनलाई लक्षित गरी मधेशी दल आवद्ध स्थानीयहरुले आज साँझ विरोध प्रर्दशन गरेका छन् ।
एमालेले गर्न लागेको सभाको पूर्वसन्ध्यामा विभिन्न मधेशवादी दल आवद्ध स्थानीय नेता तथा कार्यकर्ताहरुले विरोध जनाएका हुन् । उनिहरुले मसाल जुलुस सहित बजार क्षेत्रमा नाराबाजी समेत गरेका छन् । कार्यक्रम स्थललाई लक्षित गरी हरिनगरा बजार क्षेत्रमा नारा जुलुस सहित एमाले विरोधी प्रर्दशन गरिएको थियो । एमालेलाई मधेश नचाहिएकाले मधेशबाट एमाले बिदाई कार्यक्रम आयोजना गर्नु परेको विरोध कार्यक्रममा सहभागिहरुको भनाई छ । एमालेले आयोजना गर्न लागेको सभालाई सम्बोधन गर्न पूर्व प्रधानमंत्री तथा पाटीका वरिष्ठ नेता माधव कुमार नेपाल भोलि हरिनगरा पुग्ने कार्यतालिका रहेको छ ।
एमालेको कार्यक्रमलाई लक्षित गरी सो क्षेत्रको सुरक्षा व्यवस्था आजैबाट कडा पारिएको छ ।
मोर्चा आवद्ध नेता तथा कार्यकताले कार्यक्रमलाई लक्षित गरी अवरोध पुर्याउन सक्नै भन्दै प्रहरी तैनाथी बढाइएको सुनसरी प्रहरीले जनाएको छ । मधेशवादी दलहरुले हरिनगरामा एमालेले गर्न लागेको सभामा पार्टीगत विरोधको निर्णय नभएको भन्दै सर्वसाधारण स्वतस्फूर्त विरोधमा उत्रिएको बताएका छन ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget