Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

पुरानै संरचनामा चुनाव गर्नु नहुने-संयोजक भट्टराई

 Image result for baburam bhattarai
सिन्धुलीमाढी 30 मङ्सिर  । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बावुराम भट्टराईले पुरानै संरचनामा चुनाव गर्नु नहुने बताउनु भएको छ ।सिन्धुलीमाढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक भट्टराईले तिन ठुला राजनैतिक दलहरुले पुरानै संरचनामा चुनाब गर्न लागेको भन्दै त्यसले देशको समस्या समधान नहुने बताउनुभयो । उहाँले राजनितिक गतिरोध अन्त्य गर्दै पुर्नसंरचनाको काम टुग्याएर मात्र चुनाब गर्नुपर्ने पार्टीको आधिकारिक धारणा रहेकोमा जोड दिनुभयो ।

सरकारले अगाडि सारेको संविधान संशोधनको प्रस्ताव अपूर्ण रहे पनि संसोधन प्रस्तावको भने बिरोध नगर्न एमाले लगायतका दललाई उहाले आग्रह गर्नुभयो । भट्टराईले आवश्यक्ता अनुसार संविधानलाई संशोधन गर्न सकिने भएकाले आफ्नो अडानलाई छोड्न एमालेलाई आग्रह समेत गर्नुभयोे । नयाँ संविधान बनेको पन्ध्र महिना बितिसक्दा पनि संविधान कार्यान्वयन हुन नसकेको भन्दै भट्टराईले नयाँ संशोधन प्रस्ताव मार्फत मधेशको समस्या पनि हल गरेर देशलाई अगाडि लैजान सबै पक्ष तयार हुनुपर्नेमा जोड दिनुभयो ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget