Halloween Costume ideas 2015

हरिनगरामा आज कडा सुरक्षा बिच एमाले ले गरे आम सभा

madhab nepal harinagar3
हरिनगरा, २५ पुस ।नेकपा एमाले  सुनसरीको दक्षिणी गाविस हरिनगरामा आज कडा सुरक्षा बिच   आमसभा भएको छ । आम सभा र शक्ति प्रर्दशनलाई लक्षित गरी मधेशी दल आवद्ध स्थानीयहरुले हिजै देखि सुरु गरेको  विरोध प्रर्दशनका बाबजुद एमालेले प्रहरीको घेराबन्दीमा आम सभा गरेको हो । आज बिहानै देखि हरिनगरा बजार बन्द गरिएको थियो । बिहानै देखि स्थानियहरुले टायर बाली प्रदर्शन गरिरहदा  कडा सुरक्षाको बिच एमालेका बरिष्ट नेता माधव कुमार नेपालले आम सभामा सहभागी भएको हाम्रा समाचारदाताले जनाएको छ । अप्रहान १२ः ३० आउनुभएका नेता नेपाल अरु सभाको तुलनामा कम आक्रमक भई भाषण गरेको बताईएको छ । प्रदर्शनका क्रममा दुई जनालाई सुनसरी प्रहरी नियन्त्रण्मा लिएको छ । हरिनगरा ४ का इरफान अन्सारी र गौतमपुर ९का अशोक कुमार मेहतालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।  कार्यक्रम स्थललाई लक्षित गरी हरिनगरा बजार क्षेत्रमा नारा जुलुस सहित एमाले विरोधी प्रर्दशन गरिएको थियो । एमालेलाई मधेश नचाहिएकाले मधेशबाट एमाले बिदाई कार्यक्रम आयोजना गर्नु परेको भन्दै स्थानियहरु प्रदर्शन गरिदै नेता नेपाललाई कालो झण्डा समेत देखाएको थियो । प्रदर्शनकोक्रममा एउटा बसमा समेत क्षती पु¥याएको बताइएको छ ।   मधेशवादी दलहरुले हरिनगरामा एमालेले गर्न लागेको सभामा पार्टीगत विरोधको निर्णय नभएको भन्दै सर्वसाधारण स्वतस्फूर्त विरोधमा उत्रिएको बताइएको छ ।  

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget