Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

मेरो सरकारमा बेईमानहरूलाई छोड़िनेछैन -पीएम

Image result for narendra modi

बहराइच, २ मङ्सिर । भारतीय जनता पार्टी भाजपाको परिवर्तन यात्रालाई मोबाइल फोनद्वारा सम्बोधित गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, सपा र बसपाको भाषा एक जस्तो छ। नोटबन्दीमा बोल्दै पीएमले जुन प्रकारले बेईमानहरू देशभरिमा पक्राउँ हुँदैछन् तिनीहरूलाई कुनै पनि स्थितिमा क्षमा नगरिने भने। जसले पनि कालोधन राखेका छन् वा ब्याङ्कमा जमा गरेका छन्, तिनीहरू सबै दुई(चार महिनाभित्र कानूनको परिधिभित्र आउनेछन्। हाम्रो सरकारमा बेईमानहरूलाई छोड़िनेछैन। उनले मोबाइल फोनलाई आफ्नो ब्याङ्क बनाउने आह्वान गरे।उल्लेख्य, पीएम मोदीको हेलीकाप्टर विजिबिलिटी कम भएकोले बहराइचमा ल्याण्ड गर्न सकेन।नोटबन्दीमा बोल्दै उनले भने, कालोधनमा कांग्रेस सपा र बसपाको एक जस्तो भाषा छ। संसद चल्न दिइरहेको छैन। यो सरकार गरीबहरूको हो र गरीबहरूको निम्ति हो। ईमानदारहरूको राज रहनेछ र बेईमानहरूलाई छाड़िनेछैन।समाजवादी पार्टीमाथि हमला गर्दै यूपीको कानून व्यवस्था खराब भएको उनले भने। यहॉंको हरेक नागरिकले असुरक्षित महसूस गरिरहेछ। उत्तर प्रदेशको विकासको निम्ति भाजपा नै विकल्प हो। उल्लेख्य, बीजेपीको परिवर्तन यात्रामा पीएम मोदीको यो पॉंचौ यात्रा हो, यस अघि उनले गाजीपुर, कुशीनगर, आगरा र मुरादाबादमा र्‍यालीहरूलाई सम्बोधित गरिसकेका छन्।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget