Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

नयाँ शक्तिबाट खनाल अलग

Image result for मुमाराम खनाल

काठमाडौँ, २१ असोज । अनुशासनहिनता र अपारदर्शिता बढेको जनाउँदै नयाँ शक्ति नेपाल केन्द्रीय परिषद्का कार्यकारी सदस्य मुमाराम खनालले सो पार्टी परित्याग गर्नुभएको छ ।वैकल्पिक राजनीतिक दल होइन, वैकल्पिक राजनीतिक संस्कार, नियत र विधिको पालना गर्ने राजनीतिक शक्तिको आवश्यकता महसुस गरेर डा बाबुराम भट्टराई नेतृत्वको सो दलमा आफू समावेश भएको तर ‘पार्टी सम्पूर्ण रुपमा पूर्वमाओवादी समूहका रुपमा रुपान्तरण भएकाले’ अलग हुनुपरेको खनालले जनाउनुभएको छ ।आज प्रेस विज्ञप्ति जारी गरी सो पार्टीका राजनीतिक संवाद समितिका संयोजक खनालले पार्टीमा निश्चित समूहले विधि, प्रक्रिया, नियम र अनुशासन मिच्दै अपारदर्शी कर्मलाई निरन्तरता दिएको र सम्पूर्ण पार्टीको ऊर्जा पूर्वमाओवादीको आफ्नै विगतको कचिङ्गलमा मात्र खपत हुन थालेको जिकिर गर्नुभएको छ ।“नबदलिएको नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन सक्तैन” खनालको भनाइ छ, “यसै निष्कर्षको साथ आजदेखि नयाँ शक्ति पार्टीको सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट अलग रही स्वतन्त्र भएको घोषणा गर्दछु ।” रासस

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget