Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

निर्वाचनसम्बन्धी विधेयक समितिमा

Image result for nepal logo

काठमाडौँ, ३० असोज । व्यवस्थापिका–संसद्को आजको बैठकमा निर्वाचनसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा  कावा प्रधानमन्त्री विमलेन्द्र निधिले ती विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

स्वीकृत विधेयकमा ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ छन् ।  ती विधेयकको गम्भीरतालाई ध्यानमा राखी तदारुकताका साथ संसद्को नियमावली, २०७३ बमोजिम सम्बन्धित समितिमा खुला छलफल गर्न सभामुखले सभाको सहमतिसहितको निर्देशन दिनुभएको छ ।

 जनक विश्वविद्यालय विधेयक

शिक्षामन्त्री धनीराम पौडेलले प्रस्तुत गर्नुभएको ‘राजर्षि जनक विश्वविद्यालय विधेयक, २०७३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।

त्यस्तै वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गर्नुभएको ‘वातावरण संरक्षण समितिको प्रतिवेदसहितको वन (दोस्रो संशोधन) विधेयक, २०७३’ सर्वसम्मतिबाट पारित भएको छ ।  रासस

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget