Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

चैतमा निर्वाचन नभए मुलुक सङ्कटमा पर्छः अध्यक्ष गच्छदार

Image result for अध्यक्ष विजयकुमार गच्छदार

भीमदत्तनगर, कात्तिक मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन नभए मुलुक  सङ्कटमा पर्ने बताउनुभएको कञ्चनपुरको बेल्डाँडी नगरपालिका चवन्नी बजारमा आज पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले चैतभित्र स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताउनुभयो सोह्रबुँदे सहमति गराएर आफूले नेपाली काँग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र)लाई सहमतिमा ल्याएर संविधान जारी गराउन पहल गरेको बताउँदै नेता गच्छदारले तीनै ठूला दलका कारण मुलुकको अवस्था बिग्रिदै गइरहेको आरोप लगाउनुभयो सबै जातजाति समुदायलाई सम्बोधन गरेर संविधान जारी भएको बताउँदै उहाँले संविधान कार्यान्यवनका लागि पनि चैतमा निर्वाचन गराउनुपर्ने धारणा राख्नुभयो हाम्रो संविधान विश्वकै उत्कृष्ट ,” उहाँले भन्नुभयो आमसभामा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महासचिव रामजनम चौधरी, सांसदहरु जनक चौधरी योगेन्द्र चौधरीलगायतले आफ्नो धारणा राख्नुभएको थियो

रासस

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget