Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

चर्चित गायक प्रकाश ओझा जेल चलान

Image result for hathkadi
विराटनगर, १४  माघ । चर्चित गायक प्रकाश ओझा जेल चलान भएका छन् । ओझालाई प्रहरीले गीत रेकर्डिङका लागि काठमाडौं आएका बेला शंखमुलबाट पक्राउ गरि केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो ।
सर्वोच्च अदालतले सेक्स स्क्यान्डलमा पुनरावेदन अदालतको फैसला उल्टाउँदै सुनसरी इटहरी नगरपालिका ४ का गायक ओझालाई गत माघ ४ गते १० वर्षको जेल सजाय सुनाएको थियो । मानव बेचविखन तथा ओसारपसारको दुई मुद्धामा ५–५ गरी ओझालाई सर्वोच्चले १० वर्ष जेल सजाय सुनाएको थियो ।
युवतीलाई विभिन्न प्रलोभन देखाएर यौन शोषण गर्ने, तस्बिर लिने र त्यही फोटो देखाएर ब्यालमेलिङ गर्ने गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो । ओझाले २०५९ सालदेखि लगातार २ बर्षसम्म डर त्रास देखाई अनुचित प्रभावमा पारी तीन जना नाबालिकाहरुसँग अनैतिक सम्बन्ध राखेको प्रहरीले जनाएको छ । यो घटनाकी पीडित ज्योती खड्काले झण्डै दुई वर्ष अघि आत्महत्या गरेकी थिइन् ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget