काठमाडौँ, ९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीका प्रमुख विज्ञ कोमलप्रकाश घिमिरेसहित ११ विज्ञलाई हटाएको छ । कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कावा प्रमुखको जिम्मेवारीमा रहनुभएका आयुक्त दीप बस्न्यातको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सो निर्णय गरेको हो । हटाइनेमा कार्कीका छोरी आध्याश्री कार्की मेडिकल विज्ञ पनि हुनुहुन्छ ।
आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार सो निर्णय यही कात्तिक १७ गतेदेखि लागू हुने गरी गरिएको हो । उहाँले आध्याश्री कार्कीलाई अवैतनिक विज्ञका रुपमा मात्र राखिएको स्पष्ट गर्नुभयो । रासस
Post a Comment