Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

रोजगारीका लागि अफगानिस्तान जान प्रतिवन्ध फुकुवा

afganistan

३० असोज, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि अफगानिस्तान जान लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । यससँगै अफगानिस्तानमा जाने सेक्युरेटी गार्डसहित ग्रिन जोनका कामदारका लागि श्रम स्वीकृति दिन बाटो खुला भएको छ ।दशैंअघि बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा नेपाली कामदार लैजान लगाएको प्रतिबन्ध खोल्ने निर्णय गरेको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।
गत असार ६ गते काबुलमा भएको आतंकवादी आक्रमणमा १३ नेपालीको मृत्यु भएपछि नेपाल सरकारले अफगानिस्तानमा नेपाली कामदार लैजान रोकेको थियो । मृतक नेपालीहरुको शव लिन गएको नेपाली विमानमा नै केही नेपाली घर पनि फर्किए ।

घटनाबारे छानविन गर्न बनेको सरकारी कार्यदलले सुरक्षाको प्रत्याभूति भए मात्र फेरि नेपाली पठाउन सकिने प्रतिवेदन दिएको थियो ।

तर, सरकार दशैंको विदाको पूर्व संध्यामा सुटुक्क अफगान जान लगाएको प्रतिवन्ध हटाउने निर्णय गरेको छ । यसमा अफगानिस्तानमा दूताबास रहेका अमेरिका र क्यानडा लगायतको दबाव र रोजगारदाता कम्पनीको दबावले भूमिका खेलेको स्रोतले बताएको छ ।

श्रम मन्त्री सूर्यमान गुरुङले भने अफगानिस्तानमा नेपाली सेक्युरेटी गार्डलाई आँकलन गरिएजस्तो सुरक्षा चुनौति नभएको देखिएले प्रतिवन्ध हटाइएको अनलाइनखरलाई बताए ।

उनका अनुसार रोजगारदाता कम्पनीसँग कामदारलाई कार्यस्थानमै आवासको व्यवस्था गर्नुपर्ने शर्त राखिनेछ । त्यसो हुन नसके कामदार कार्यालय जाँदा र कार्यस्थलबाट आवास फर्किँदा उच्च स्तरको सुरक्षा दिने ग्यारेन्टी माग गरिने गुरुङले बताए ।

सरकारी निर्णयबारे औपचारिक जानकारी नआएको वैदेशिक रोजगार विभागले जनाएको छ । निर्देशन पाउनासाथ अफगानिस्तानका लागि श्रम स्वीकृतिको प्रक्रिया सुरु गर्ने विभागको ताहाचलस्थित कार्यालयमा प्रमुख कृष्ण दुवाडीले  बताए ।

स्रोत -अनलाइनखबर

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget