Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

नापीका समस्या समाधान गर्न सरकार तयार: मन्त्री पाण्डे

Image result for भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डे
काठमाडौँ, ९ कात्तिक । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले नापीमा देखिएका नीतिगत र संस्थागत समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
आव २०७३÷०७४ को वार्षिक कार्यक्रम कार्यान्वयनको रणनीतिक छलफलका लागि नापी विभागले आज आयोजना गरेको कित्ता नापीसम्बन्धी केन्द्रीय गोष्ठीमा उहाँले नापीका कामलाई बढी प्रभावकारी र आधुनिक बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री पाण्डेले आफ्नो मन्त्रालय मातहतका कार्यमा आवश्यक साधन स्रोतको कमी हुन नदिने बताउँदै नेपाली समाजमा जमिन नै प्रमुख सम्पत्ति मानिएकाले त्यसको सुरक्षा गरी जनताको विश्वास कायम राख्न कर्मचारीलाई निर्देशन दिनुभयो । कार्यक्रममा भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाले मन्त्रालयका निकायबीच समन्वय अभावका कारण समस्या उत्पन्न हुने गरेको बताउँदै सुधारका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने सुझाव दिनुभयो ।
विभागका निमित्त महानिर्देशक गणेशप्रसाद भट्टले गोष्ठीले समस्याको पहिचान गरेको र समाधानका लागिसमेत सुझाव दिएकोे भन्दै प्राप्त सुझावलाई अनुशरण गरिने वचनबद्धता व्यक्त गर्नुभयो ।
दुई दिने सो गोष्ठीमा नापनक्सा गर्ने मुलुकभरका ४२ कार्यालयका प्रमुखको सहभागिता रहेको प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले जानकारी दिनुभयो । गोष्ठीमा नापी अधिकृतहरुले काम गर्ने क्रममा भोगेका समस्या र समाधानका सुझाव समेत दिनुभएको थियो ।
रासस 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget