Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

चैतसम्म स्थानीय निकायको निर्वाचन–मन्त्री पाण्डे

Image result for सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे

दमौली, १०, कात्तिक । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकार चैतसम्ममा स्थानीय निकायको चुनाव गर्ने तयारीमा लागिरहेको बताउनुभएको छ ।
तनहुँको व्यास नगरपालिका–१ कराङकाठस्थित बसपार्कको आज उद्घाटन गर्दै उहाँले स्थानीय तह पुनसंरचना आयोगले थप मापदण्ड कायम गरेकाले छिटो चुनाव गर्न सहज भएको बताउनुभयो ।
विकासका कामहरु हुँदा गुणस्तरहीन कामहरु हुने गरेको गुनासो बढेकाले अबका दिनमा त्यसमा राम्रो अनुगमनको खाँचो भएको मन्त्री पाण्डेको भनाइ थियो ।
उहाँले सरकारले संविधान कार्यान्वयन, भूकम्प, पीडितलाई राहत र अनुदान दिने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने र विकास निर्माणका साथै सुशासन प्रदान गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो ।
नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने, नेकपा ९एमाले०का वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, माओवादी केन्द्रका इन्चार्ज हरिबहादुर चुमानलगायतले बसपार्क निर्माणपछि वातावरण प्रदूषण कम भई दुर्घटना न्युनीकरणमा समेत टेवा पुग्ने धारणा राख्नु भयो ।
पन्ध्र रोपनी क्षेत्रफलमा निर्माण भएको बसपार्कमा १५० वटा बस राख्न सकिनेछ । सो बसपार्क स्थानीय विकास मन्त्रालयकोे जगेडा कोष र नगरपालिकाको आन्तरिक स्रोत गरी रु दुई करोड सात लाख १८ हजारको लागतमा निर्माण गरिएको हो ।

रासस 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget