Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

प्राकृतिक तरिकाले सुरक्षित राख्नुहोस अनुहारको चमक

सम्पूर्ण फिटनेसको लागि हावा तालले वा हल्का रुपले मात्र शरिरलाई चुस्तदुरुस्त राख्ने प्रयास गर्नुहुदैन । बरुभित्री अंगहरुको साथ साथै छाला र कपाललाई पनि ध्यान दिनुपर्छ । चर्को घामबाट स्वास्थयको रक्षा गर्नको लागि तपाई निम्न उपायहरु अपनाउन सक्नुहुन्छ । 


लैबेन्डर आयल

नुहाउनको लागि पानीमा लैबेन्डर तेलको थोपा मिलाएर नुहाउनुहोस् । तपाई दिनभरि एक्टिव रहनुहुनेछ र शरिरलाई ताजा र अयय बिनाइरहन्छ । 

बर्फ

धेरै गर्मी भइ हालेमा छालामा हरेक २, ४ घण्टामा बर्फे रगडिनुहोस् ।

केरा, मिल्क पाउडर र मह

पाकेको केरामा मिल्क पाउडर र मह मिसाउनुहोस् । अनुहारलाई धोएर यस लेपलाई बिस मिनेटसम्म लगाइ राख्नुहोस् । सनबर्न -घामले ढडेको) को कारणले  छाला असमान्य रंग जुन भएको थियो, त्यसमा सुधार आउनेछ । 

मलिलो माटो, चंदन

मलिलो माटो, जौं को दलिया, चन्दन लाई बराबर मात्रामा मिलाएर एक डब्बामा बन्द गरेर राख्नुहोस् र यसलाई स्क्रबको जस्तो प्रयोग गर्नुहोस् । यसको प्रयोगले छालामा घामको दुष्प्रभाव कम हुन्छ ।

पानी पिउनुहोस् 

गर्मीको मौसममा हरेक दिन १५-२० गिलास पानी पिउनुहोस् । यसले शरिरमा विद्यमान दुष्पदार्थ मुत्र वा पसिनाको रुपमा निकाल्ने गर्छ । 

चिया र कफी कम पिउनुहोस् 

गर्मीको मौसममा चिया र कफी कम पिउनु पर्छ ।

साबुन नलगाउनुहोस् ।

गर्मीको दिनमा छालामा साबुन लगाउनुहुदैन । किनकी यसले छालामा जलन हुन सक्छ । शरिरलाई सफा राख्नको लागि टोनर र एस्टि्रजेंट लाई प्रयोग गर्नुपर्छ ।

जौं को दलिया

छालाको प्वालहरुलाई खोल्नको लागि जौंको दलिया र आलुको टमाटर मिलाएर फेसपैकजस्तो लगाउनुहोस् ।

फल र सलाद 

गर्मीको मौसममा फल वा सलाद नियमित रुपले खानुहोस् ।

पसिना कटनले पोछनुहोस

सधै पसिना कटन, रुमाल या टिस्यु पेपरलेनै पोछुनहोस् ।
डा. निलोफर, प्राकृतिक चिकित्सक

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget