Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

‘सिस्टर’ शब्दमा त्यस्तो के खराबी छ डाक्टरसा’ब !

Image result for nurse
अस्पताल पुग्ने हरेक बिरामीले आफ्नो उपचारमा संलग्न ब्यक्तिलाई हेर्ने नजर एउटै हुन्छ । उसले सम्मानभावले प्रकट गर्ने शब्दावलीले कहिलेकाहिँ कसैको चित्त दुख्ने गरेको देखिन्छ ।अस्पतालमा आउने बिरामी वा उनीहरुका कुरुवालाई को डाक्टर, को नर्स र को स्वास्थ्यकर्मी भन्ने थाहा नहुन सक्छ । कसको उपाधि के हो र कसलाई के भन्ने भनेर  उनीहरुले नजानेका हुन सक्छन् । तीमध्ये थाहा पाएकाले डाक्टरलाई ‘डाक्टर’ र नर्सलाई ‘सिस्टर’ भनेर सम्बोधन गर्छन् ।  तर, सबैलाई को डाक्टर र को सिस्टर भन्ने थाहा हुन्छ भन्ने छैन । यही कारणले प्राय बिरामी वा तिनका आफन्तले महिला डाक्टरलाई पनि ‘सिस्टर’ भनेर सम्बोधन गरेको पाइन्छ । अहिले छोराछोरी बराबरी भन्ने स्लोगन यथार्थमा परिणत हुँदै गएको छ । छोरी मान्छेले पनि पढाइमा निकै अब्बल सावित गरेर चिकित्सा लगायतका क्षेत्रमा आफूलाई प्रमाणित गरिसकेका छन् । त्यसैले चिकित्सा क्षेत्रमा महिला डाक्टर धेरै भइसकेका छन् । मान्छेहरुमा पनि स्वास्थ्य संस्थामा भेटिने सबै महिला ‘नर्स’ मात्रै हुन्छन् भन्ने सोच हट्दै गएको छ ।तर, अन्जानहरुले अन्जानमै महिला चिकित्सकलाई ‘सिस्टर’ भनेर गरेको सम्बोधनको मूल्य महंगो पर्ने गरेको छ । यसको बदलामा महिला डाक्टरले दिने जफाव केही रुखो सुनिन्छ । ‘म सिस्टर होइन, मलाई सिस्टर भन्ने होइन’ भनेर चर्काे स्वर गरेको देखिन्छ । यसैगरी नर्सिङ स्टाफ देखाएर ‘सिस्टर उनीहरुलाई भन्ने हो’ भनेको पनि सुनिएको छ । यस्तो अवस्थामा लाग्छ,  ‘सिस्टर’ शब्दमा त्यस्तो  खराबी के छ  । डाक्टर भएपनि उनीहरु कसैका दिदिबहिनी त हुन् । बिरामी वा उसको कुरुवाले पनि अन्जानमा दिदिबहिनीकै अर्थ दिने शब्द त उच्चारण गरेको हो नि ! यहाँनेर आवेगमा आइहाल्नुपर्ने अवस्था कहाँनेर छ डाक्टरसाहेब ? डाक्टरले यसरी जफाव फर्काइसकेपछि बिरामी र उनका आफन्तको अनुहारमा  हेर्नुपर्छ, संसारमै सबैभन्दा ठूलो भुल गरेको जस्तो पीडा मडारिरहेको हुन्छ  । किनभने डाक्टरलाई खुशी पारेर चाँडो निको हुन चाहने उनीहरुको चाहनामा आफैंले गरेको गल्तीको डढेलो भर्खरै लागेको छ ।बिरामी वा उसका आफन्तको गल्तीमा यसरी मुखभरिका जफाव उहाँबाट आउँदा चित्त दुखाउने अर्काे प्राणी त्यहीँ हुन्छ । जसका सहायता उहाँहरुलाई उपचार गर्नका लागि निरन्तर आवश्यक पर्छ । ती हुन् नर्स । त्यसैले आफ्नो क्षमता र योग्यता अनुसार डाक्टरसँगै खटिरहेका नर्सहरुलाई कम आंक्न सिस्टर भन्ने यो शैलीलाई परिवर्तन गर्नुपर्छ ।पढाइमा अर्कै पढियो, अस्पतालको प्रोटोकल अनुसार फरक छ । त्यसैले नर्सबाट डाक्टरप्रति हुने आदरमा कुनै कमी भएको महशुस गर्न दिइएको छैन पनि होला । नर्सलाई डाक्टरले आफू भन्दा सानो ठान्ने हो भने माया गर्नुपर्दैन र ? ठूलालाई सम्मान र सानालाई माया त संस्कार न हो । पढेलेखेको हामीले घमन्ड गर्छाैं भने यति संस्कार आफूमा नभएकोमा ग्लानी पनि गर्न सक्नुपर्छ ।संस्कार र सम्बोधनकै कुरामा आउँदा मलाई चित्त नबुझ्ने अर्काे ठाउँ पनि छ । वयोवृद्ध र आफूभन्दा पाको बिरामीलाई पनि कतिपय डाक्टर र नर्सले ‘तिमी’ भनेर  सम्बोधन गरिरहेको देख्छु । त्यतिबेला पनि लाग्छ– हामीमा नैतिक शिक्षाको अभाव पो छ की ?हामीले पढ्ने पाठ्यकममा पनि यि कुराहरु समावेश त गरिएका हुन्छन् तर किन पढेनौं वा बुझेनौं ? त्यसैले उमेर अनुसार सानोलाई माया र ठूलालाई आदर बिरामीमा पनि हामीले लागु गर्न सके पेशाको सम्मान घट्ने होइन, बढ्छ नै ।  चाहना स्वास्थ्य क्षेत्र गुनासो रहित बनोस् भन्ने हो । अस्पतालमा रहेको चाहे नर्स होस् वा डाक्टर । रेडियोलोजी विभागमा होस् वा प्याथोलोजी । सबैको एउटै लक्ष्य हो, बिरामीको उपचार गर्ने । एउटै लक्ष्य लिएर अघि बढिरहेका हामीले आपसमा किन विभेदको पर्खाल उभ्याउने ?
स्रोत :स्वास्थ्य खबर पत्रीका

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget