Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

हुलाकलाई सूचना केन्द्रको रुपमा विस्तार गरिने : मन्त्री कार्की

Image result for सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीललितपुर, ७ कातिक । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक कार्यालयलाई सूचना केन्द्रको रुपमा विस्तार गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल ललितपुरद्वारा आज यहाँ विजयादशमी तथा दीपावलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले उपत्यकामा सातवटा हुलाकी बस सञ्चालनमा ल्याएर हुलाकबाट आएका पार्सललाई एक स्थानबाट अर्को स्थानमा पु¥याएर सेवा प्रदान गर्न सकेमा सकारात्मक सन्देश जाने बताउनुभयो । उहाँले उपत्यका बाहिर रहेका हुलाक कार्यालयलाई सामुदायिक सूचना केन्द्रको रुपमा स्थापित गरिने पनि बताउनुभयो । 
सूचनाका रुपमा प्रयोग हुँदै आएको इन्टरनेट सेवाको सही सदुपयोग गरिनुपर्नेमा जोड दिँदै उहाँले देशभरि रहेका विद्यालयमा सूचना केन्द्रको स्थापना गर्न सकेमा त्यसवाट सजिलै जनतामाझ सूचना पु¥याउन सजिलो हुने बताउनुभयो । 
ललितपुरस्थित रेडियो नेपालको नाममा रहेको तीनसयभन्दा बढी रोपनी जग्गामा सञ्चारग्राम बनाएर गोरखापत्र संस्थान र रेडियो नेपालको कार्यालय स्थापना गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । पत्रकारका लागि राज्यले छुट्टै भवन बनाएर किस्ताबन्दीमा बस्नको लागि फ्ल्याट दिन सके राम्रो हुनसक्ने उहाँको विश्वास रहेको थियो । सांसद योगेन्द्र घिसिङले पत्रकारिता विकासका लागि व्यावसायिक क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । 
प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले पत्रकार महासङ्घ जिल्लाको भवनका लागि आवश्यक जग्गा उपलब्ध गराउन आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष लेखनाथ न्यौपानेले श्रमजीवी पत्रकार ऐन र समानुपातिक विज्ञापन प्रणालीको कार्यान्वयन हुनु जरुरी रहेको बताउनुभयो । सेन्टरका अध्यक्ष रामहरि कार्कीले पत्रकार हकहितका लागि क्रियाशील रहने बताउनुभयो । सो अवसरमा ‘मिलन’ नामक स्मारिका विमोचन भएको थियो । यसैगरी, प्रेस सेन्टरका प्रदेश तथा केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान पनि गरिएको थियो । 

रासस 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget