Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

झरी, हावाहुरीले धान खेती प्रभावित

Image result for dhan kheti

बाबियाचौर म्याग्दी, ८ कात्तिक । दाना लाग्ने समयमा धानका बाला सुक्न थालेकाले म्याग्दीमा यस वर्ष धान खेती प्रभावित भएको छ । फूल फुलेर दाना लाग्ने समयमा परेको झरी, हावाहुरीले बोट ढाल्नुका साथै बाला सुक्ने समस्याले धान उत्पादन प्रभावित भएको हो । पर्याप्त वर्षा, समयमै रोपाइँ र सिँचाइ सुविधा भएकाले कृषि विकास कार्यालयले गत वर्षको तुलनामा पाँचदेखि सात प्रतिशतसम्म धान उत्पादन बढ्ने अनुमान गरेको थियो । बोट राम्रो भए पनि पर्याप्त दाना नलागेको र बोट ढलेकाले अपेक्षा गरेअनुसार धान उत्पादन नहुने बागवानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो । गतवर्ष १२ हजार ४९२ मेट्रिक टन उत्पादन भएको थियो । म्याग्दीको तीन हजार ८९७ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । दाना पोलिटो हुन नपाउँदै बाला सुक्ने समस्या देखिएपछि कृषक निराश भएका छन् । स्थानीय जातका बाली लगाएको ठाउँमा यस्तो समस्या देखिएको हो । 
गौरिया जातको धानको आधा जति बोट दाना नलाग्दै सुकेर मरेको स्थानीय कृषक सोचिन्द्र घिमिरेले बताउनुभयो । “फूल फुल्ने अवस्थासम्म धान राम्रो थियो, तर पछि दाना लाग्न नसकेपछि बाला रित्तै छन्” – घिमिरेले भन्नुभयो । 
धेरै वर्षसम्म एउटै र रोगी बीउ प्रयोग गरेको, माटो र खराब मौसमका कारण पनि दाना नलाग्ने समस्या देखिएको कृषि प्राविधिकले बताएका छन् । म्याग्दीमा मार्सी, दर्माली, गौरिया, गुडुरा, तकमारे, भट्टे, जौधान, पहेँले, छेमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायत जातका धान खेती हुने गरेको छ । 

रासस 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget