Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

बम देखिएसँगै राजविराजवासिन्दा त्रसित

विद्यानन्द विक्की
राजविराज, १७ फागुन । सप्तरीको राजविराज नगरपालिकामा मङ्गलवार पुनः बम भेटिएसँगै स्थानियवासिन्दा त्रसित भएका छन् । वडा नम्वर–९ स्थित एक विद्यालयको प्रवेशद्वारमा बम देखिएसँगै स्थानियवासिन्दा त्रसित भएका हुन् । पिस जोन ईङ्गलिस बोर्डिङ्ग स्कूलको प्रवेशद्वारबाट सकेट बम बरामद गरिएको सप्तरीका एसपी दिवेश लोहनीले जानकारी दिएका छन् । उनका अनुसार बम राखिएको जानकारी लगत्तै सुरक्षाकर्मीले उक्त क्षेत्रमा घेरा हालेर बमलाई निष्कृय गरिएको हो ।
यसैविच, जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का संयोजक जयकृष्ण गोइतले मंगलवारै सञ्चारकर्मीहरुलाई विज्ञप्ति पठाउँदै उक्त बम आफ्नो संगठनले राखेको भन्दै जिम्मेवारी लिएको छ ।
मोर्चाका केन्द्रीय संयोजक गोइतले जारी गरेको विज्ञप्तिमा गत मंसिर २३ गते घोषणा गरिएको तराई बन्दको आह्वानलाई अवज्ञा गरी विद्यालय सञ्चालन गरेको भन्दै आफूहरुले कार्वाही स्वरुप विद्यालयको प्रवेशद्वारमा बम राखिएको जनाइएको छ । बम फेला परेको ठाउँमा मोर्चाको पर्चा समेत भेटिएको थियो ।
     यसअघि गत माघ महिनामा गाईतकै कार्यकर्ताले राजविराज–१ मेनरोडस्थित फुसराज दुगडको घर अगाडि ग्रिनेड बम र मङ्सिर महिनामा पनि उनकै कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय सप्तरी परिसरमा प्रेसर कुकर बम राखेका थिए । प्रेसर  बम निस्क्रिय बनाउने क्रममा चारजना सुरक्षाकर्मी समेत घाइते भएका थिए ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget