Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

तेली समाजको भवन निर्माणका लागि लाखौँको जग्गादान

महोत्तरी, २६ मङ्सिर । महोत्तरीको गौशालामा तेली समाज सदनको भवन निर्माणका लागि एक दाजुभाइले रु ३५ लाख मूल्य बराबरको जग्गा निःशुल्क रूपमा प्रदान गर्नु भएको छ ।
बर्दिया बन्चौरी गाविस–३ का रामचन्द्र साह र शिवचन्द्र साह दुई दाजुभाइले संयुक्त रूपमा गौशाला नगरपालिका–६ स्थित जिरोमाइलमा एक कट्ठा पाँच धुर क्षेत्रफल बराबरको जग्गा प्रदान गर्नु भएको हो ।
त्यस्तै सो भवन निर्माणका लागि महोत्तरी क्षेत्र नं ६ का सांसद सीताराम भण्डारीले संसदीय विकास कोषबाट रु पाँच लाख सहयोगस्वरूप उपलब्ध गराउने बताउनुभएको छ । पूर्व सभासद् एवम् माओवादी केन्द्रका नेता भरत साहले तेली समाजले निर्माण गर्ने सो भवन २ नं प्रदेशका लागि नमुना भवनका रूपमा रहने बताउनु भयो ।
साहद्वयले प्रदान गरेको सो जग्गामा रु एक करोडको लागतमा दुई तले भवन निर्माण गरिने तेली समाज सदनका भरत साह कमलले जानकारी दिनुभयो ।

रासस 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget