Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

कक्षा १० को परीक्षा तयारी सुरु

Image result for पनिका

काठमाडौं । यस बर्ष कक्षा १० मा पढिरहेका विद्यार्थीले दिने परीक्षाको नाम ‘माध्यमिक शिक्षा परीक्षा, कक्षा १० सेकेण्डरी एजुकेशन ईक्जामिनेसन ( एसईई० तय भएसँगै परीक्षाको तयारी शुरु भएको छ ।  परीक्षा सञ्चालन गर्ने सबै अधिकार साविककै परीक्षा नियन्त्रण कार्यालयलाई दिए पछि आफूहरु आवश्यक तयारीमा जुटेको नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए ।

परीक्षाको तयारी अन्तर्गत  जिल्लाबाट कक्षा १० को परीक्षामा सहभागी हुने विद्यार्थीको विवरण संकलन कार्य थालेको, परीक्षा फारम तयार गर्ने क्रममा रहेको र प्रश्नपत्र निर्माणको काम पनि अघि बढिसकेको उनले जानकारी दिए ।

यसअघि  गत कात्तिक १८ गते माध्यमिक शिक्षा परीक्षा, कक्षा १० र एसएलसी परीक्षा कक्षा १२ राख्ने मन्त्रीस्तरीय निर्णय भएको थियो । उक्त निर्णयपछि शिक्षा मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लािग कक्षा १० को परीक्षा पहिलेदेखि सञ्चालन गर्दै आएको कार्यालय पनिका० मार्फत नै गर्न निर्देशन दिएको हो । सोही अनुसार आफूहरु तयारीमा जुटेको नियन्त्रक रेग्मीको भनाइ छ ।

नयाँ शिक्षा ऐनले गरेको विद्यालय संरचनाको परिवर्तनलाई शिक्षा मन्त्रालयले समयमै ब्यवस्थापन गर्न नसक्दा यो टालटुले ब्यवस्था गरिएको हो । विद्यालय शिक्षाको अन्तिम परीक्षा कक्षा १२ मा हुने ऐनले ब्यवस्था गरेको छ । तर, उक्त ब्यवस्थालाई कार्यान्वयन गर्न मन्त्रालय सक्षम नहुँदा कक्षा १० को परीक्षा साविककै नियन्त्रण कार्यालय र एसएलसीको नाम सहित कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्ड मार्फत् गर्ने मन्त्रालयले निर्णय गरेको हो । ऐन आएसँगै गठन भएको बोर्डमा अध्यक्ष सहितका पदाधिकारी नियुक्ति गर्न समेत मन्त्रालय असक्षम भएको छ ।  

शिक्षा ऐन २०२८ संसोधन सहतिको दफा ४ ट को उपदफा ९१० मा माध्यमिक शिक्षाको कक्षा दश र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा बोर्डबाट सञ्चालन हुने र उपदफा ९२० मा कक्षा दशको अन्त्यमा हुने परीक्षा क्षेत्रीय स्तरमा सञ्चालन हुने उल्लेख छ ।

ऐनमा दुबै परीक्षा बोर्डले नै सञ्चालन गर्ने उल्लेख छ । तर, परीक्षा नियन्त्रक रेग्मी पनिका पनि बोर्डकै एक संगठन भएको तर्क गर्दै परीक्षा सञ्चालनका लािग कुनै कठिनाइ नभएको बताउँछन् । कक्षा १० मै एसएलसी हुने वा १२ भन्ने विषयमा शिक्षक, विद्यार्थीमा अन्यौल रहेकोमा मन्त्रीस्तरीय निर्णयबाट कक्षा १० मै पनि क्षेत्रीय स्तरको परीक्षा हुने निश्चित भएकोले सोहीअनुसार तयारी अवस्थामा रहन समेत उनले अनुरोध गरे ।

ऐनले बोर्ड गठन गरे पनि त्यसका लागि हुनुपर्ने कर्मचारी व्यवस्थापन, हरेक क्षेत्रमा आवश्यक संरचनाको अभाव, बोर्ड अध्यक्षको नियुक्ति लगायतका ब्यवस्थापकीय टुंगो नलाग्दा ढिलो गरी कक्षा १० को परीक्षा पनिकालाई नै जिम्मा दिईएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव सूर्यप्रसाद गौतम कक्षा १२ को परीक्षा एसएलसीका नाममा बोर्ड आफैले गर्ने भए पनि केही समयका लािग भने कक्षा १० को परीक्षाको जिम्मा पनिकालाई दिइएको बताउँछन् ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget