Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

डेँगुबाट त्रसित नहुन आह्वान

Image result for डेँगु

काठमाडौँ, ८ कात्तिक । स्वास्थ्य मन्त्रालयले १३ जिल्लामा डेँगु प्रभावितको सङ्ख्या बढ्दै गएकाले सर्तक हुन तर त्रसित नहुन आग्रह गरेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले आइतबारभन्दा सोमबार डेँगु प्रभावितको सङ्ख्या बढेको जानकारी दिनुभयो ।
उहाँका अनुसार झापामा डेँगुबाट आइतबार ३४ जना मात्रै प्रभावित देखिएकामा सोमबारसम्म प्रभावितको सङ्ख्या १०० पुगेको छ । ज्वरो आउने र शरीर शिथिल भएमा तत्काल अस्पताल जानसमेत उहाँले सबैलाई अनुरोध गर्नुभयो । उहाँले डेँगु लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले घर वरिपरि लामखुट्टे नआउने वातावरण बनाउन आग्रह गर्नुभयो । झापा, चितवनलगायत केही जिल्लामा डेँगुको सङ्क्रमण पुष्टि हुनासाथ डेँगुविरुद्धको विशेष अभियान चलाइएको छ । महाशाखाका अनुसार चितवनमा ३६७, झापा १००, पर्सामा तीन, काठमाडौँ, रुपन्देही र कैलालीमा दुई÷दुई जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी ललितपुर, धादिङ, काभ्रे, कास्की, स्याङ्जा, बागलुङ, बारा र सप्तरीमा एक÷एक जनामा डेँगुको सङ्क्रमण पुष्टि भएको छ ।
डेँगु नियन्त्रण र प्रभावितलाई उपचारका लागि सबै ठाउँमा आवश्यक कीट, औषधिलगायत उपचार सामग्रीसहित चिकित्सकको टोली खटाइएको डा आचार्यले जानकारी दिनुभयो । रासस 

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget