Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

चिकित्सा शिक्षा क्षेत्रको समग्र अध्ययनका लागि उपसमिति गठन

Image result for स्वास्थ्यमन्त्री गगन थापा

व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले चिकित्सा शिक्षा क्षेत्रको समग्र अध्ययनका लागि बुधवार उपसमिति गठन गरेको छ । समितिको आजको बैठकले पछिल्लोपटक चिकित्सा शिक्षामा देखिएको भर्ना, चिकित्सा शिक्षा शुल्क, सिट सङ्ख्या, मेडिकल काउन्सिल र मापदण्डलगायतको बारेमा अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
सांसद जीवन परियार, डा वंशीधर मिश्र, रत्नदेवी गुरुङ, बबिता मुक्तान र अनुराधा थापामगर सदस्य रहनुभएको सो उपसमितिले १५ दिनभित्रमा समिति समक्ष प्रतिवेदन प्रस्तुत गर्नेछ । नौ सदस्यीय उपसमितिका लागि बाँकी सदस्य पछि थप गरिनेछ ।
बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा क्षेत्रका समग्र समस्याको समाधान गर्न सरकारले चिकित्सा शिक्षासम्बन्धी ऐन ल्याउन लागिएको जानकारी दिनुभयो ।
समितिका सभापति रञ्जुकुमारी झाले उपसमितिको प्रतिवेदनको आधारमा समितिले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने बताउनुभयो ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget