Halloween Costume ideas 2015
[2column][content][/content] [content][/content][/2column]

चीनले किन खरिद गर्छ वर्षेनी लाखौँ गधा ?

donkey
शीर्षक पढेर अचम्ममा पर्नुभयो होला होइन ? तर यो खबर विल्कुलै सत्य हो । चीनले ठूलो मात्रामा अफ्रिकाबाट गधा खरिद गरिरहेको छ । चीनले हरेक वर्ष अफ्रिकी देशहरुबाट लाखौँको संख्यामा गधा आयात गर्दछ ।
आखिर यसरी खरिद गरेका लाखौँ गधासँग चीनको साइनो के छ ? के गर्छ उसले यसरी भित्राइएका गधालाई ? कारण यस्तो छ ।
चीनमा हरेक वर्ष ४० लाख गधाको आवश्यकता पर्दछ । यति ठूलो संख्याको आवश्यकता देशभित्रको उत्पादनले मात्र पूरा हुने कुरा भएन । त्यसैले अफ्रिकाबाट खरीद गर्दछ । ती मध्ये अधिकांस नाइजर र बुर्किनाफासोबाट ल्याइन्छ ।
यसरी भित्राइएका गधाहरुलाई चीनमा औषधि बनाउन प्रयोग गरिन्छ । वास्तवमा चीनले गधाको छालाबाट एक परम्परागत औषधिको उत्पादन गर्दछ । उक्त औषधिको नाम टिसिएम हो । यो औषधि बनाउनका लागि गधाको छालाबाट निस्कने गिलेटिनको प्रयोग हुन्छ । चीनमा यो औषधिको उच्च माग छ । हरेक वर्ष झण्डै ५ हजार टन टिसिएम औषधिको उत्पादन गर्दछ चीनले ।
यो औषधिको प्रयोग चीनमा रुघाखोकी, रक्तअल्पता तथा अनिद्रा जस्ता रोगको उपचारमा गरिन्छ । साथै फेसक्रिममा पनि यसको प्रयोग गरिएको हुन्छ ।

Post a Comment

MKRdezign

Introduction to XXXXXXXXXXXXXXXXXXXXXXXX

Contact Form

Name

Email *

Message *

Theme images by Ollustrator. Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget